उपचारबाट फर्के लगत्तै देउवा सक्रिय

आइतबार, कात्तिक ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारबाट फर्के लगत्तै नेताहरूलाई छलफलमा बोलाउन सुरु गरेका छन् ।

शुक्रबार राति सिंगापुरबाट फर्केका देउवाले शनिबार संस्थापन पक्षका चार नेतासँग सामूहिक छलफल गरेका हुन् ।देउवालाई भेट्न चार नेता शनिबार साँझ उनको भाडाको निवासमा पुगेका थिए । जेनजी आन्दोलनमा घाइते भएका देउवा उपचारपछि चुनदेवीमा बस्दै आएका छन् ।

शनिबार साँझ भएको छलफलमा प्रवक्ता डा. प्रकाशशरण महत, नेताहरू एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए । देउवाले नेताहरूलाई डाकेर पार्टीको विवादबारे छलफल गरेका हुन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १३:१९
प्रतिक्रिया दिनुहोस्