सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल)को बहसमा आपत्ति जनाएका छन् ।
बहसका क्रममा उनले भीडको दबाबमा राष्ट्रपतिले प्रधानन्यायाधीश समेत हटाउनसक्ने भनेपछि राउतले आपत्ति जनाएका थिए । राउतले अधिवक्ता नेपाललाई रोक्दै उनको अभिव्यक्ति आपत्ति जनाउने खालको भएको बताएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले भीडको बलमा प्रधानमन्त्री परिवर्तन गरेको भन्दै अधिवक्ता नेपालले भोलि कानुनी क्षेत्रका व्यक्तिहरूले राष्ट्रपति भवन अगाडि गएर प्रदर्शन गरेमा राष्ट्रपतिले प्रधानन्यायाधीश समेत हटाउनसक्ने बताएका थिए ।
त्यसैमा प्रधानन्यायाधीश राउतले आपत्ति जनाएका हुन् । आन्दोलनको आडमा राष्ट्रपतिले सरकार परिवर्तन गर्ने काम गरेको भन्दै त्यसतर्फ लगाम नलागेमा राष्ट्रपतिले अरू निकायमा पनि हस्तक्षेप गर्ने अधिवक्ता नेपालको जिकिर थियो ।