मन्त्रीको सूचीबाट काटियो खगेन्द्र सुनारको नाम

आइतबार, कात्तिक ९, २०८२

काठमाडौं । चौतर्फी आलोचना श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाम मन्त्री बन्ने सूचीबाट काटिएको छ ।

स्रोतका अनुसार, उनलाई अहिले तत्काल मन्त्री नबनाउने निर्णयमा प्रधानमन्त्री सुशीला कार्की पुगेकी हुन् । प्रधानमन्त्री कार्कीले सुनारसहित अन्य तीन जनालाई मन्त्री बनाउन सिफारिस गरेकी थिइन् ।

तर, सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएका र उनी प्रहरीको फरार सूचीमा रहेको देखिएको थियो । उनीविरुद्ध सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्