मुलुकलाई अफगानिस्तानको बाटोमा लैजाने प्रयास : राजन भट्टराई

बिहीबार, असोज २३, २०८२

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईले मुलुकलाई अफगानिस्तानको बाटोमा लैजाने प्रयास भइरहेको बताएका छन् ।

भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा उनले २३ भदौको घटना कास्टिङ मात्रै भएको बताए । मुलुकलाई जोगाउन एमाले एकताबद्ध हुनुपर्ने उनले बताए ।

यदि पार्टीभित्र एकताबद्ध नहुने हो भने मुलुक अफगानिस्तानको बाटोमा जाने भट्टराईले बताए । ‘यो मुलुक अफगानिस्तानको बाटोमा जानेछ, सुडान र युक्रेन बन्न सक्छ,’, उनले भने । भट्टराईले पार्टी नेतृत्वविरुद्ध विपक्षीले निकालेको निष्कर्षलाई प्रश्रय दिने काम गर्न नहुने पनि बताए ।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्