काँग्रेस जिल्ला पार्टी सचिव तथा कुशे गाउँपालिका अध्यक्ष बस्नेत माथि आक्रमण

आइतबार, असोज १२, २०८२

बाँके । नेपाली काँग्रेस जाजरकोटका सचिव तथा कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत माथि आक्रमण भएको छ ।  अध्यक्ष बस्नेत लगायत तीनजना माथी छेडागाड नगरपालिकाको ५ नम्बर वडा चंखेलीमा आइतबार सँझ साढे ६ बजे आक्रमण भएको हो ।

आक्रमणबाट दिपेन्द्र सिंहलाई बढी नै चोट लागेको र नवराज शाहीलाई सामान्य चोट लाग्नुका साथै अध्यक्ष बस्नेतलाई लछारपछार गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एक बहादुर नेपालीले लालआवाजलाई जानकारी दिएका छन । 

अध्यक्ष बस्नेतमाथि आक्रमण गर्नेमा कुशे गाउँपालिका वडा नम्बर ४ का बर्ष २४ का नवराज शाही, बर्ष २५ का प्रकाश बस्नेत र रामु बस्नेत रहेको सूचना अधिकारी नेपालीले बताए ।

अध्यक्ष बस्नेतलाई हेलमेटले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ । यस्तै  नवराज शाही र दिपेन्द्र सिंहलाई खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी नेपालीले बताए ।

साथै घाइतेहरुको उपचारको लागि नेपालगन्ज लगिएको र आक्रमणकारीहरुको खोजी भैरहेको प्रहरीको भनाई छ ।
 

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  २१:२९
प्रतिक्रिया दिनुहोस्