प्रधानमन्त्री ओलीले दिए राजीनामा

मंगलबार, भदौ २४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । ओलीले राजीनामा दिएको उनको सचिवालयले जनाएको छ।

हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्।  गृहमन्त्री रमेश लेखकले हिजै राजीनामा दिएका थिए।

उनको मन्त्रिपरिषद्का अरू ३ जना मन्त्रीले मंगलबार बिहानै राजीनामा दिएका थिए। २ दिनको प्रदर्शनमा कम्तीमा २० जनाको ज्यान गइसकेको छ। धेरै नेताहरूका घर तथा सम्पत्ति नष्ट भइसकेको छ। oli-resigns_wq9tzbvg6u-1757408503.jpg

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १४:३३
प्रतिक्रिया दिनुहोस्