सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले सरकार निरंकुशतातिर प्रवेश गरेको बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सञ्चारमाध्यमहरू अब गृह मन्त्रालयअन्तर्गतका निकाय (जिल्ला प्रशासन कार्यालय) मा दर्ता हुनुपर्ने प्रावधान सरकारले ल्याउन लागेको हो ? भन्ने प्रश्नमा उनले गृह प्रशासनको प्रयोग गरेर सञ्चारमाध्यमलाई निस्तेज पार्ने काम सह्य नहुने चेतावनी दिए ।
सञ्चारमाध्यमहरूले पनि सत्यतथ्यमा आधारित समाचार मात्रै दिनुपर्ने बताए । उनले भने,‘मिडियाका सन्दर्भमा सरकारले गृह प्रशासनलाई नै प्रयोग गर्दै जुन ढङ्गले मिडियाको मुख बन्द गराउन प्रयत्न गरेको देखिन्छ । यो अनुपयुक्त हो । सत्यतथ्यमा आधारित समाचार दिने कुरामा मिडिया लाग्नुपर्छ । आफ्नो अनुशासनमा रहनुपर्छ । तपाईंहरुलाई कारबाही गर्ने, गलत समाचार छापिदिएर कारबाही गर्नुपर्ने प्रेस काउन्सिलले नै टुङ्गो गर्ने हो । एक खालको अदालत पनि हो । त्यसको भूमिका निस्तेज गर्दै गृह प्रशासनको हिसाबले गर्ने हो भने निरंकुशतातिर प्रवेश गर्यौँ ।’
सञ्चारमाध्यमहरू पनि आफ्नो अनुशासनमा रहनुपर्ने बताए ।