सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिनामा ३० जनाको मिर्गाैला प्रत्यारोपण गरिएको छ। गत असार महिनामा ३० जनाको सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण भएको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
सीमित स्रोतसाधन र जनशक्तिबाट एकै संस्थाले एक महिनामै ३० जनाको मिर्गाैला प्रत्यारोपण गर्नु ठूलो उपलब्धि भएको उनले बताए । एकै संस्थाले यति धेरै संख्यामा मिर्गाैला प्रत्यारोण गर्ने काम संसारभरि विरलै हुने दावी कार्यकारी निर्देशक डा.श्रेष्ठको छ ।
श्रेष्ठका अनुसार आर्थिक गत आर्थिक वर्ष २०८१\०८२ मा राष्ट्रिय प्रत्यारोपण केन्द्रले १८६ मिर्गाैला प्रत्यारोपण र ८ जनाको कलेजो प्रत्यारोपण गरेको छ । उक्त आर्थिक वर्षमा मिर्गाैला प्रत्यारोपण गराउने १४ वर्षदेखि ७१ वर्षसम्मका व्यक्ति रहेको श्रेष्ठले जानकारी दिए । यसमध्ये १५५ जना २० देखि ४९ वर्ष उमेर समूहका रहेका छन् ।
१५–१९ उमेर समूहका ६ जना, २०–२९ उमेर समूहका ४७ जना र ३०–३९ उमेर समूहका ५८ जना रहेका छन् । त्यसैगरी ४०–४९ उमेर समूहका ४५, ५०–५९ उमेर समूहका २६ र ६०–६९ र उमेर समूहका ३ जनाको केन्द्रमा मिर्गाैला प्रत्यारोपण गरिएको श्रेष्ठले जानकारी दिए ।
मिर्गाैला प्रत्यारोपण गराउनेमा १३६ जना पुरुष र ५० जना महिला रहेका छन् । मिर्गाैला दिनेमा भने १३० जना महिला र ५५ जना पुरुष रहेको श्रेष्ठले बताए । डा.श्रेष्ठका अनुसार स्थापना भएको १३ वर्षमा राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म १४७१ जनाको मिर्गाैला र ३४ जनाको कलेजो प्रत्यारोपण भएको छ ।
केन्द्रकै अगुवाइमा उक्त आर्थिक वर्षमा प्रादेशकि अस्पताल सुर्खेतमा ३, पोखरामा ३ र भेरी अस्पतालमा २ जनाको मिर्गाैला प्रत्यारोपण भएको श्रेष्ठले जानकारी दिए । अनलाइनखबर