सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जनकपुरधाम । विपक्षी दलको अवरोधले मधेश प्रदेश सभाको बैठक शनिबार छैटौं दिनपछि स्थगित भएको छ ।
शनिबार बैठक सुरु भएलगतै प्रतिपक्षी नेकपा माओवादी केन्द्रको दलका उपनेता युवराज भट्टराईले बजेटमा रहेको त्रुटि नसच्याइएसम्म अवरोध गर्ने बताए ।
उनले कार्यदलमा मन्त्रीसमेत रहेकाले स्वीकार नगर्ने बताएका छन् । यसपछि सभामुख रामचन्द्र मण्डलले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा देखिएका त्रुटि सच्याउन बनेको कार्यदलको संयोजकबाट राजिनामा दिएका छन् ।
मुख्यमन्त्री सतिशकुमार सिंहको आग्रहमा गठित ६ सदस्यीय कार्यदलमा भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवलाई राखिएपछि प्रतिपक्षले आपत्ति जनाउँदै लगातार अवरोध गरेपछि मण्डलले संयोजकत्वबाट पन्छिने निर्णय गरेका हुन् ।
राजीनामा दिँदै उनले कार्यदलमा मन्त्री रहने अभ्यास विगतमा नभएको स्वीकार्दै कार्यदलमा सरकारलाई अल्पमतमा पनि नरहने गरेको जिकिर गरे ।