प्रधानमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको अवलोकन

मंगलबार, असार २४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरेका छन् ।

बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरूको स्थिति, नेपाल–चीन सिमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो राखेका छन् ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जामन्त्री दीपक खड्का पनि बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न पुगेका थिए ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापति सहित चारै सुरक्षा निकायका प्रमुख पनि प्रधानमन्त्री ओलीसँगै बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न पुगेका थिए ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १९:५३
प्रतिक्रिया दिनुहोस्