सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोट । छेडागाड नगरपालिका ६ का समाजसेवी राम प्रसाद शर्माले जनविकास माध्यमिक विद्यालयलाई २८ हजार बढी रुपैया आर्थिक सहयोग गरेका छन ।
जनविकास माध्यमिक विद्यालय छेडागाड नगरपालिका ६ सुवानाउली जाजरकोटको पहिलो विद्यालय विकास कोष स्थापनाका लागि २८ हजार ३ सय ४६ रुपैया ५० पैंसा सहयोग गरेको प्रधानाध्यापक ममता गिरीले बताइन । नमुना कार्य र सहयोगको लागि समाजसेवी शर्मालाई विद्यालयले सम्मान सहित हार्दिक धन्यवाद दिएको छ ।
यो कार्यले विद्यालयको समग्र विकासका लागि आर्थिक अवस्था बलियो हुने र आर्थिक अवस्थालाई पारदर्शिता गर्नु पर्छ भन्ने कुरा सिकाउनुका साथै असल कामको सुरुवातमा सुवानाउली निवासी सम्पुर्णमा स्वैच्छिक रुपमा कोष स्थापनामा जोडिएर सहयोग गर्नेे विश्वास विद्यालयले लिएको छ ।
अक्षकोष स्थापनाको मुख्य उदेश्य विद्यालयमा अध्ययनरत अति बिपन्न र अपाङ्गता भएका बालबालिकालाई पढाइमा लावन्वित गर्न र छात्रवृत्तिको व्यवस्थाका साथै विद्यालयको समग्र विकासका लागि रहेको बताइएको छ ।
छेडागाड नगरपालिका ६ सुवानाउली जाजरकोट निबासी समाजेसेवी राम प्रसाद शर्मा हाल (Ncc Malaysia Non Resident Nepal Association ) गैर आवासीय नेपाल सघंका सचिव समेत हुन ।
शर्माले विभिन्न क्षेत्रका अशक्त, अपांग, बृद्धबृद्वाको सेवा गर्नु आफ्नो कर्तव्य भएको बताउदै वैदेशिक रोजगारमा रहेका अलपत्र परेकाहरुको उद्दार वैदेशिक रोजगारमा गएर विभिन्न कारण मृत्यु भएकोहरुको सव नेपाल फिर्ता पठाउने काम गरिरहेका छन ।
नेपाली राजदुतावास समेत सक्रिय पुर्वक पहल गरेर सेवाभावले निरन्तर एक दशक देखि शर्मा समाजसेवामा बिशेष योगदान गर्दै आइरहेको बताउछन । शर्माले भने, म सम्पुर्ण रूपमा समाजसेवाको लागि खटीरहेको छु र आगामी दिनमा मैले सामाजिक क्षेत्रमा योगदान जारी राख्ने प्रतिबद्धता र संकल्प गर्दछु ।