jumla 7 jumla 7
jumla 7 jumla 7

जंगीअड्डा पुगे प्रधानन्यायाधीश

बिहीबार, असार १२, २०८२

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर सैनिक विशेष अदालतको निरीक्षण गरेका छन् ।

naumule

सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार, विशेष सैनिक अदालतको काम, कारबाहीको समीक्षा गर्दै वर्षेनि आयोजना हुने कार्यक्रममा प्रधानन्यायाधीश राउत उपस्थित भएका हुन् ।

‘वर्षेनि यो कार्यक्रम गर्ने र अदालतका उच्च अधिकारीहरुलाई पनि निमन्त्रण गर्ने परम्परा छ’, उनले भने, ‘त्यसअनुसार, पाटन उच्च अदालतका मुख्य न्यायाधीश, सर्वोच्च अदालतका रजिष्टार लगायत पनि आउनुभएको थियो ।’

सोही अवसरमा प्रधानन्यायाधीश राउतले सैनिक न्याय प्रणालीसँग सम्बन्धितहरुलाई विशेष निर्देशन समेत दिएको भनिएको छ । निरीक्षण भ्रमणको टोलीलाई जंगीअड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  २०:१०
प्रतिक्रिया दिनुहोस्