jumla 7 jumla 7
jumla 7 jumla 7

जुनीचाँदे गाउँपालिकाले आर्थिक विकास तथा गरिबी निवारणमा जोड दिने

बिहीबार, असार १२, २०८२

जाजरकोट । जुनीचाँदे गाउँपालिकाले आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने भएको छ ।

naumule

आर्थिक बर्ष २०८२ / ०८३ को बजेटका प्रस्तुत प्राथमिकतामा उक्त कुरा उल्लेख गरिएको छ । आर्थिक विकास तथा गरिबी निवारणमा योगदान पुर्याउन शैक्षिक पुर्वाधार तथा जीवन उपयोगी शैक्षिक आधारहरु निर्माण गर्ने, सेवा प्रवाह, संस्थागत विकास र सुशासनमा योगदान पुर्याउने नीति लिएको प्रमुख प्रशासकीय अधिकृत खडक बहादुर परियारले बताए ।

यस्तै कृषि सेवा, पशु सेवा, वन तथा वातावरण क्षेत्रको विकास बिस्तार र संरक्षणमा जोड दिने साथै लक्षित वर्ग र समुदायको उत्थानका लागि सामाजिक सुरक्षा र सशक्तिकरणका कार्यक्रमहरु संचालन गर्ने गाउँपालिको नीति रहेको छ ।

मानव संसाधन विकास (शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई र पोषणमा) जोड दिने गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।9f626160-ce1f-49f0-be37-29831a6a5db9-1750923627.jpgआगामी आर्थिक बर्ष २०८२ / ०८३ का लागि गाउँपालिकाको कुल बजेट ५९ करोड ५९ लाख ७६ हजार ५ सय ५८ रुपैया १३ पैसा रहेको छ । साथै चालु तर्फ ४३ करोड ६० लाख ७५ हजार ३ सय ५८ रुपैया कुल बजेटको ७३.१६ प्रतित छ । यस्तै पुजी गत तर्फ १५ करोड ९९ लाख १ हजार २ सय रुपैया कुल बजेटको २६.८४ प्रतिशत छ ।

आर्थिक बर्षको नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष बेद बहादुर शाहीले सोमबार प्रस्तुत गरेका थिए । 135802ac-9cd8-4dd7-a72e-e358ba57c2c8-1750923655.jpg

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्