jumla 7 jumla 7
jumla 7 jumla 7

इरानमा रहेका नेपालीलाई उद्धार गर्दै भारतीय दूतावास

शनिबार, असार ७, २०८२

काठमाडौं । इजरायल–इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकलाई भारत सरकारले उद्धार गर्ने भएको छ ।

naumule

नेपाल सरकारको अनुरोधमा उनीहरुलाई इरानस्थित भारतीय दूतावासले उद्धार गर्ने भएको हो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा १६ जना नेपाली नागरिक रहेकाले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरुलाई पनि उद्धार गरी ल्याइदिन भारत सरकारसँग आग्रह गरेकी थिइन् ।

परराष्ट्रमन्त्री डा. राणाले भारतीय राजदूत नविन श्रीवास्तव मार्फत भारत सरकारलाई आग्रह गरेकी थिइन् । अनलाइनखबर

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्