jumla 7 jumla 7
jumla 7 jumla 7

छेडागाड नगरपालिकामा ३ दिने मनोपरामर्श सम्बन्धि तालिम सुरु

शनिबार, असार ७, २०८२

जाजरकोट । विद्यालय नर्सहरुको लागि विद्यार्थी मनोपरामर्श सम्बन्धि तालिम छेडागाड नगरपालिकामा सुरु भएको छ । सीएमसी नेपाल र छेडागाड नगरपालिकाको साझेदारीमा विद्यालय नर्सहरुको लागि ३ दिने विद्यार्थी मनोपरामर्श सम्बन्धि तालिम शनिवार छेडागाड नगरपालिकामा सुरु भएकोे हो ।

naumule

सामाजिक विकास समिति सयोजक मोतिलाल खत्रीको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमको प्रमुख अथिति नगर प्रमुख रत्न बहादुर खड्का र विशेष अथिति नगर उपप्रमुख चन्द्र वहादुर थापा थिए । कार्यक्रमका अन्य अथितिहरुमा शिक्षा शाखा प्रमुख पदम बि.क., दिपक खडका अधिकृत छैठौ लगायत मनोसामाजिक परामर्श सम्बन्धि प्रशिक्षकहरु रहेका छन ।

परामर्श द्वारा बिद्यार्थीहरुमा हुने मानसिक समस्याको पहिचान र व्यवस्थान कार्यक्रमको मुख्य उदेश्य रहेको दिपक खडका अधिकृत छैठौले बताए । विश्वासिलो सम्बन्धको विकास गर्दै सहानुभूति पूर्वक बालबालिका तथा किशोरकिशोरीहरूको मनका कुरा सुनिदिएर उनीहरूको पिर, चिन्ता, डर, तनाव, सिकाइजन्य समस्या एवम् अलमललाई कम गर्न भावनात्मक र आत्मबल बढाउने सम्बन्धि मनोपरामर्श सम्बन्धि तालिम आयोजना गरिएको हो ।

विद्यार्थीको मानसिक समस्या पहिचान र ब्यबस्थापन गर्ने उदेश्यले कार्यक्रम विद्यालयमा अत्यन्त प्रभावकारी हुने र मानसिक स्वास्थ्य समस्या समाधान हुने अपेक्षा गरिएको छ । तालिममा नगरपालिकाको १४ वटा माध्यमिक विद्यालयका १४ जना स्टाफ नर्सहरु सहभागीे छन ।38b7cbb1-e56f-4fc5-8b67-b261922d3d04-1750493260.jpg

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १३:५१
प्रतिक्रिया दिनुहोस्