सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
नेपाली जनता इतिहास देखि नै राजनैतिक दल संगठन लाई काधमा राखी मुलुकका सबैखाले परिवर्तन मात्र होइना ४/४ वटा व्यवस्था परिवर्तनमा आफ्नो जिवनको कुनै मूल्य नराखी अहोरात्र लागि परे । फाइदा राजनैतिक दलहरुलाइ मात्र होइन जनतालाइ पनि भयो ।
किनाकी राणाको निरंकुश जहानिया रैती बाट माथी उठे,पंचायतको दासत्वता बाट माथी उठे,राजतन्त्रको फलामे गेटबाट बाहिर निस्के तर यति मात्र स्वार्थ जनतालाइ थियन ।शान्ति ,स्वतन्त्रता ,स्वाधिनता,राष्ट्रियता,शुसासनयुक्त समाज निर्माण जनताको खुसी थियो । तर ठिक उल्टो भयो राजनितीक पार्टी भित्र पैसा ,पावर को ध्वास देखाइ राजनीतिक भबिष्य खोज्ने आफुलाइ सथोक ठान्ने नेतृत्वको कारण जनता र पार्टिका कार्यकर्ता हरुले पटक -पटक सास्ती पाइरहेको बिधमान अबस्था छ ।
समाजको सबै क्षेत्रलाई निर्देशन गर्ने हुनाले राजनीतिक नेतृत्व कस्तो छ भन्ने कुराले विशेष अर्थ राख्छ । कुशल नेताले पथप्रदर्शकको भूमिका निर्वाह गर्नुपर्छ । विचारका हिसाबले आफ्नो विचारमा अरूलाई सामेल गराउन सक्नु नेतृत्व हो । त्यति मात्र नभइ आफुलाइ नेता मान्ने कार्यक्रता र आफुलाइ एक अमुल्यमत बाट नेता जन्माउने ती भगवान जनताको माया,बिश्वास जित्न सकेर सबैखाले बिकास निमाणमा एक्यवद्धता देखाइ कार्यक्रतालाइ असल कार्यक्रता निर्माण गरि जनतालाइ सम्मानित दर्जामा राख्ना सक्नु असल नेतृत्वको गुण हुना सक्छ ।
तर हामीकहाँ राजनितिलाइ फरक अर्थमा लिने गरिन्छ तर त्यो होइना ।राजनीति त वास्तवमा जनतालाई सुखी, सम्पन्नशाली बनाउने, देशलाई समृद्धिको शिखरमा पुर्याउने, आन्तरिक र बाहृय राष्ट्रियतालाई सुदृढ बनाउने, जनताका मौलिक हकको संरक्षण गर्ने एउटा विशिष्ट, उदान्त, अनुपम, सवल र सौर्न्दर्यपूर्ण नीति हो। राजनीतिलाई त हाम्रा अगुवा नेताहरूले नै गलत भाष्य मा रुपान्तरण गर्न लगायका हुन्। किनभने अगाडिको नेतृत्वका कारण जनतामा नैरास्यता छाएको छ ।पार्टी कार्यक्रताहरुमा उर्जा सकिएको छ ।
किनभने पार्टिभित्र टिपुवा ,टिके,नाताबाद,पैसाबादको बादल पार्टि भित्र र बाहिर बडारिरहेको हुदा यस्ता खालका गलत प्रवृत्तिका कारण पार्टीलाई कम्जोर त बनाएको हुन्छ हुन्छ संगसगै कार्यक्रता र जनतामा ठुलै नैरास्यताको पहाड खडा भएको देखिन्छ । त्यसैले जनता दिग्भ्रमित छन्। सामान्तबादी सोछ भएका नेतृत्वका कारणले नै राजनीतिलाई धमिलो खोला बनाएका छन । नेपाल सँगै स्वतन्त्र भएका छिमेकी देशहरू प्रगतिको माथिल्लो सिंढी चढिसके। हामी नेपाली वर्तमान अबस्थामा समेत सय वर्षअघिको जङ्गली अवस्थामा छौं।
देशलाई यो दुर्गतिको दलदलमा फसाउने जनतालाइ शास्ती दिने भनेकै राजनितिक दल होइना राजनितिक दलभित्रको गलत नेतृत्व रहेछ । यो बुझना जरुरत ठान्दछु । त्यसैले अब नौ जवान युवाहरुलाइ मेरो अनुरोध हामी हाम्रो भविष्यको मात्र चिन्ता गरेर होइना हाम्रो चिन्ता संगै हामिले जुनि ,छेडा,शिवालय,भेरी,बारेकोट,नलगाड ,कुशेका दुरदराज बस्तिहरुमा सिस्नोको साग र मकैको रोटि खाएर जिविकोपार्जन गरिरहेका ती बस्तिहरुको चिन्ता गर्नुछ ती बस्तिको भबिस्यलाई हाम्रो भविष्य सग जोड्ने अठोट राखेर अगाडि बढ्नु छ । रोगभोग ,अशिक्षा,अभाव सग लुटिबुडी गर्दै संघर्ष गरिरहेका जनताको आवाज उठाउनु छ ।त्यसैले नेतृत्वको कार्यशैलिको आधारमा कार्यक्रता बनेर अगाडि बढौ ।
जनतालाइ रैती र कार्यक्रतालाइ दास सम्झने बैगुनी ,बेइमान ,बिश्वासहिन नेतृत्वको बिकल्पमा हिड्ने आट शाहास राखेर अगाडि बढ्नुको बिकल्प देखिदैना ।हामी नेता होइना समाजको सेवक बन्न हिडौ ,हामी जनतालाइ रैतिको रुपमा राखेर शासक बन्न होइना जनताबाट प्राप्त ज्ञान र समस्यालाइ टिप्पणी गरि जनताको पक्षमा दृढ अझभन्नु पर्दा शसस्त आवाज राख्ना सक्ने हुर्मत राखौ । नेता, कार्यक्रता , जनता,नेतृत्वको कार्यशैली को दुरि घटाउ ।
असल नेतृत्वलाइ साथ दिउ । जनताको सामु निर्वाचनको ताका राखेका वाचाहरु पूरा गर्न नेतृत्वलाइ दबाब दिउ नेतृत्वको कार्यशैली परिवर्तन गरौ ,कार्यक्रतालाइ पनि संरक्षण गरौ ,जनतालाइ सम्म्मानित दर्जामा राखी जनताका हरेक समस्याहरुलाइ समाधनको बाटो तर्फ लागौ । टिपेर होइना नेतृत्व उत्पादनमा जोड दिउ ,लडौ सुधारौ आफ्नै माटोमा उत्पादन भएको नेतृत्वलाइ नेता होइन जनताको सेवक बनौं अनि मात्र हाम्रो समाजको पीडा,दुख,संघर्ष ,जिवनशैलीमा परिवर्तन आउँछ । शुसासन युक्त समाज निर्माण हुन्छ ।
जनकराज शर्मा सभापति
(नेपाली कांग्रेस प्रदेश-सभा क्षेत्रीय कार्य समिती जाजरकोट ख)