सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोट । छेडागाड नगरपालिकालाई बिपदमा प्रयोग हुने सामग्री बुधबार हस्तान्तरण गरिएको छ ।
त्रिपाल, कम्बल लगायत एक लाख बढीको सामग्री एक कार्यक्रमका बीच नगर प्रमुख रत्न बहादुर खडकालाई हस्तान्तरण गरिएको हो ।
आइपीएएस (IPAS NEPAL) नेपाल र सुरक्षित मातृत्व संजाल महासंघ नेपालबीचको साझेदारीमा संचालित नेपालमा जलवायु उत्थानशील निर्माण र यौन तथा प्रजनन् स्वास्थ्य सुधार परियोजना अन्तर्गत बिपदमा प्रयोग हुने सामग्री सुरक्षित मातृत्व संजाल महासंघ नेपालका जिल्ला कार्यक्रम अधिकृत भिम बहादुर साउदले नगर प्रमुख खडकालाई हस्तान्तरण गरेको दिपक खडका अधिकृत छैठौले बताए ।
१८ थान त्रिपाल, ६० थान कम्बल लगायत एक लाख बढीका बिपदमा प्रयोग हुने सामग्री रहेको अधिकृत खडकाको भनाइ छ ।