jumla 7 jumla 7
jumla 7 jumla 7

हुम्ला उनापानीमा एक करोडभन्दा बढी क्षति

मंगलबार, असार ३, २०८२

 हुम्ला । यही असार १ गते आइतबार आगलागी भएको सर्केगाड  गाउँपालिका-३ को उनापानी गाउँमा एक करोड बराबरको क्षति भएको छ ।

naumule

आइतबार राति ११ बजे लागेको आगलागीबाट एक करोड क्षति भएको विवरण संकलन भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

आगलागीबाट ८ वटा घर नजेर नष्ट हुदाँ अनुमानित एक करोड बराबरको क्षति भएको जनाइएको छ । पशुवस्तु क्षति नभएको तर घर र घरभित्र रहेको एक करोड बराबरको सम्पति गरी एक करोड क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले बताए ।

आगलागी हुँदा घरमा भएका अन्नपात, भाँडाकुडा, लिउ, फेरुवा, नागरिकता, घरको लालपुर्जा, अन्य कागजातसहित घरमा भएको नगद रुपैयाँ जलेर नष्ट भएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्