jumla 7 jumla 7
jumla 7 jumla 7

जाजरकोटमा अब महिनामा दुई दिन बजार बन्द हुने

शनिबार, जेठ ३१, २०८२

जाजरकोट । जाजरकोट उद्योग वाणिज्य संघले प्रत्येक महिनाको दुई दिन बजार बन्द गर्ने निर्णय गरेको छ । सङ्घको १८औं वार्षिक साधारण सभाको निर्णय अनुसार अबदेखि प्रत्येक महिनाको पहिलो र अन्तिम शनिबार सदरमुकाम खलङ्गा बजार बन्द गरिने भएको हो ।

naumule

सङ्घका अध्यक्ष रमेश केसीका अनुसार पहिलो चरणमा भेरी नगरपालिकाभित्रका बजारका पसलहरू बन्द गरिने छ । सो निर्णय आजदेखि लागु गरिएको छ । उहाँले व्यवसायीहरूकै मागअनुसार यस्तो निर्णय गरेको बताउनुभयो ।

‘‘हामीले भन्दा पनि व्यवसायीहरूले हामीलाई दुई दिन फुर्सद चाहियो बजार बन्द गर्ने निर्णय गरिदिनु पर्‍यो भनेर आउनुभयो’’ उहाँले भन्नुभयो, ‘‘हामीले उहाँहरूकै माग बमोजिम पसलमा गएर दुई सय ६ व्यवसायीको हस्ताक्षर गरेर बजार बन्द गर्ने निर्णय गरेका हौँ,’’ बन्दको समयमा होटल र मेडिकल भने सञ्चालन गर्न पाइने छ भने तरकारी पसलहरू बिहान ८ सम्म र बेलुका ५ बजेपछि मात्रै खोल्न पाइने व्यवस्था गरिएको अध्यक्ष केसीले बताउनुभयो ।

तोकिएका पसल बाहेक नियम विपरीत अन्य पसल खोलेमा पहिलो पटक पाँच सय रुपियाँ, दोस्रो पटक एक हजार र तेस्रो पटक एक हजार पाँच सय रुपियाँ जरिवाना गरिने अध्यक्ष केसीले जानकारी दिनुभयो ।

त्यस्तो उल्लङ्घन दोहोरिएमा जरिवाना क्रमशः बढाइने उहाँको चेतावानी छ । आजैदेखि निर्णय लागु भएसँगै खलङ्गा बजारका सबै पसल बिहानैदेखि बन्द गरिएका छन् भने बजार क्षेत्र सामान्यतया सुनसान देखिएको छ । गोरखापत्र 

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १४:२५
प्रतिक्रिया दिनुहोस्