jumla 7 jumla 7
jumla 7 jumla 7

जनार्दनलाई पार्टी छोड्न भनेको छैन : प्रचण्ड

शनिबार, जेठ ३१, २०८२

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्मालाई आफूले पार्टी छोड नभनेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

naumule

जनार्दन शर्मालाई पार्टी छोड् भन्नुभएछ  नि ! भन्ने प्रश्नमा प्रचण्डले भने, ‘भनेकै छैन, त्यो बेकारको कुरा हो ।’

सत्ता गठबन्धनसँग भएको २ बुँदे सहमति र पार्टी उपाध्यक्ष अग्नि सापकोटासँग कुनै सम्बन्ध नरहेको उनले बताए । ‘यो बिलकुलै गलत र आधारहीन प्रचार हो। अग्नि सापकोटाको यस विषयसँग कुनै सम्बन्ध छैन’, उनले भने ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको प्रतिपक्षमध्ये माओवादी केन्द्रले सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र एमालेसँग २ बुँदे सहमति गरेपछि पार्टीभित्रै असन्तुष्टि छ ।

पार्टीमा देखिएको असन्तुष्टिका विषयमा प्रचण्डले भने, ‘नबुझेर असन्तुष्टि जनाइएको हो, बुझिएपछि सबै खुसी हुन्छन् । निर्णय सही छ भन्ने महसुस गर्छन् ।’

उनले देश र जनताको हितमा आवश्यक परे सहमति, विरोध र विद्रोह सबै विकल्प खुला रहेको बताए।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १३:१२
प्रतिक्रिया दिनुहोस्