सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बाँके । कोहलपुर नगरपालिकाले शुक्रबार विपद प्रतिकार्य कसरी गर्ने भन्ने सम्बन्धि छलफल गरेको छ । प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी सहित सबै सरोकारवालाहरुसँग कोहलपुर नगरपालिकाले छलफल गरि त्यही अनुसारको योजना कार्यान्वनमा लागेको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले बताए ।
जोखिम क्षेत्रमा जोखिम न्यूनीकरण गर्ने गरि जनशक्ति परिचालन र साधन श्रोतको उचित परिचालन गरिने प्रमुख प्रशासकीय अधिकृत मान वहादुर गिरीको भनाइ छ ।
उनले नगरबासीलाई बर्षाको कारण हुन सक्ने संभावित खतरा डुबान बाट बचाउन पुराका पूरा साधन श्रोत सहित जोखिम क्षेत्रमा केन्द्रित गर्ने बताए ।
नगरपालिकाबासीले बर्षाको कारण डुबान बाढिको जोखिम र असुरक्षित महसुस गरेमा ९८५८०९००३५ मा सम्पर्क गर्र्न समेत अनुरोध गरिएको छ ।