भूमिहीन-सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आयोगको आह्वान

बिहीबार, जेठ २९, २०८२

भूमि समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ।

आयोगले आज (बिहीबार)सूचना जारी गर्दै आजदेखि ३५ दिनभित्र सम्बन्धित स्थानीय तहबाट वडाका तोकिएका स्थानमा निवेदन दिन आह्वान गरेको हो। 

‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउनको लागि आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी जेठ २९ गतेदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका जोकिएका स्थानहरुमा खटिएका लगत संकलकमार्फत् निवेदन पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ,’ आयोगले बिहीबार जारी गरेको सूचनामा भनिएको छ। 

आयोगले देशभरका ५३ जिल्ला र स्थानीय तहहरु तोकेरै भूमिहिन सुकुम्बासीसँग निवेदन माग गरेको हो। 
 Screenshot_2025-06-12_081354_ASXfTv99NE-1749711272.jpg
2_GxnBBhGvzL-1749711325.jpg
3_idU2F8rvV5-1749711364.jpg
 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १२:४१
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार