jumla 7 jumla 7
jumla 7 jumla 7

आगामी आर्थिक वर्षको बजेट यस्तो आयो

बिहीबार, जेठ १५, २०८२

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८३/८३ का लागि विनियोजित बजेट प्रस्तुत गरेका छन् ।

naumule

संघीय संसद्को बिहीबार बसेको संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले १९ खर्ब ११ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेका हुन् ।

यसअनुसार चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत), पूँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१) प्रतिशत विनियोजन गरिएको छ ।

उक्त बजेटका लागि स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुमानबाट ५३ अर्ब ४५ करोड बेहोरिने भएको छ ।

यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब जुटाइने भएको छ । आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट बेहोरिने भएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १८:५१
प्रतिक्रिया दिनुहोस्