jumla 7 jumla 7
jumla 7 jumla 7

बजेट प्रस्तुत हुँदा विपक्षीहरूले संसद् अवरोध नगर्ने

बुधबार, जेठ १४, २०८२

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत हुँदा विपक्षीहरूले संसद् अवरोध नगर्ने भएका छन् ।

naumule

भोलि, १५ जेठमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर विपक्षीहरूले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएका छन् ।

आज पनि बैठक चल्न सकेको छैन । तर, विपक्षीहरूले बजेट प्रस्तुत हुँदा संसद् बैठक अवरोध नगर्ने भएका छन् । बजेट ल्याउने प्रक्रियामा सहयोग माग्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज बिहान फोन गरेका थिए ।

स्रोतका अनुसार प्रचण्डले बजेट आउन दिने संकेत दिएका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्