jumla 7 jumla 7
jumla 7 jumla 7

कुमारी फाउन्डेसनद्वारा छेडागाड नगर अस्पताललाई करोडौंका स्वास्थ्य उपकरण हस्तान्तरण

आइतबार, जेठ ११, २०८२

नेपालगन्ज । कुमारी फाउन्डेसन काठमाडौंले जाजरकोटको छेडागाड नगरपालिका नगर अस्पताललाई तीन करोड बढीको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ ।

naumule

नगरपालिका वडा नं.५ स्थित फुर्किचौरमा रहेको नगर अस्पताललाई तीन करोड बढीको स्वास्थ्य उपकरण कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका फाउन्डेसनका अध्यक्ष राजिव विक्रम शाहले नगर प्रमुख रत्न बहादुर खड्कालाई हस्तान्तरण गरेका हुन । स्वास्थ्य उपकरण हस्तान्तरण गर्दै मन्त्री शाहले आफ्नो सपनाले पूर्णता पाएको बताए ।

आधारभूत स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक बञ्चित हुन नपरोस् भन्ने आफ्नो एउटामात्रै उद्देश्य रहेको मन्त्री शाहको भनाइ छ । स्वास्थ्य उपकरणहरुको उपयोग र संरक्षणमा पालिका प्रतिबद्ध रहेको नगर प्रमुख रत्न बहादुर खड्काले बताए । बजेट र जनशक्ती व्यवस्थापनमा पालिकाले पूर्णरुपमा सहयोग गरेर नमूना अस्पताल बनाउने नगर प्रमुख खडकाले प्रतिबद्धता जनाए ।

आइतवार नेपालगन्जमा आयोजित एक कार्यक्रमका बीच रोटरी क्लव अफ काठमाडौं र रोटरी क्लव अफ मुम्वई कप परेडले कुमारी फाउन्डेसनलाई उपलब्ध गराएको स्वास्थ्य उपकरण फाउन्डेसनले छेडागाड नगरपालिकालाई हस्तान्तरण गरेको हो । फाउन्डेसनले नगर अस्पताललाई उपलब्ध गराएका सामाग्रीमा डेन्टल, आँखा, बालरोग विभाग, जनरल वार्ड, इएन्टी वार्डमा आवश्यक पर्ने वेशिक र सर्जिकल रहेका छन । 

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा रोटरी क्लवका पूर्व अध्यक्ष शशी सत्याल, सर्विस चेयर सञ्जय कुमार अग्रवाल, छेडागाड नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हेम कुमार ढकाल, जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालिबहादुर खत्री, जिल्ला समन्वय समिति जाजरकोटका सदस्य खडक बि.सी., नगर स्वास्थ्यमा कार्यरत अधिकृत छैटौं दिपक खड्का लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन नगरपालिकाका सूचना अधिकारी देब बहादुर बढाले गरेका थिए ।491185570_2509424589426766_7529782577884604805_n-1748169829.jpg

 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्