jumla 7 jumla 7
jumla 7 jumla 7

एमाले जिल्ला अधिवेशनमा विवाद, कुर्सी हानाहान

मंगलबार, वैशाख २३, २०८२

जनकपुरधाम । नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा विवाद भएको छ । अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा कुर्सी हानाहान भएको छ । निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका हुन् ।

naumule

गत वैशाख २० देखि जनकपुरमा जारी छ । सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । भोला यादव र लक्ष्मी नारायण यादवले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

सोमबार राति नै मनोनयन दर्ता भएको थियो । उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको एक नेताले बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्