jumla 7 jumla 7
jumla 7 jumla 7

कर्णाली प्रदेश डीआईजीविहीन

सोमबार, वैशाख २२, २०८२

काठमाडौं । दुई महिनाभन्दा लामो समयदेखि रिक्त रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुखमा गृहमन्त्रालयले अझै प्रहरी नायव उपरीक्षक (डीआईजी) पठाएको छैन ।

naumule

गृहमन्त्रालयले आइतबार सात जना डीआईजीको सरुवा गर्दा पनि दुई महिनादेखि रिक्त रहेको कर्णाली प्रदेश प्रहरी प्रमुख भने अझै रिक्त रहेको छ ।

आइतबार ७ जनाको डीआईजीको सरुवा हुँदा कर्णाली बाहेक ६ प्रदेशका प्रहरी प्रमुख हेरफेर भए । तर कर्णाली प्रदेशमा भने गृहमन्त्रालयले कसैलाई पनि नपठाइ अहिलेसम्म रिक्त राखेको छ ।

कर्णाली प्रदेशका डीआईजी जनक भट्टराई २२ फागुनमा एआईजीमा बढुवा भएका थिए । एआईजी भएपछि प्रदेश समन्यव विभागमा पदस्थापन भएका उनको ४ चैतमा अवकाश समेत भएको थियो । तर उनी बढुवा भएसँगै रिक्त रहेको कर्णाली प्रदेशको डीआईजी अहिले पनि रिक्त छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्