jumla 7 jumla 7
jumla 7 jumla 7

नेपाल प्रहरीमा ६ प्रदेशका प्रमुख फेरिए

आइतबार, वैशाख २१, २०८२

काठमाडौं । नेपाल प्रहरीका ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरूवा गरेको हो । कर्णालीबाहेक सबै प्रदेशका प्रमुख फेरिएका हुन् ।

naumule

प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका अनुसार, कोशी प्रदेशमा ईश्वर कार्की, मधेशमा उमा प्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार आचार्य, लुम्बिनीमा राजेन्द्र प्रसाद भट्ट र सुदूरपश्चिममा डम्बर बहादुर विकलाई सरुवा गरिएको छ ।

त्यस्तै, नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा कार्यरत प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा सरुवा गरिएको छ ।police-1-1746372672.jpgpolice-2-1746372703.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  २१:१६
प्रतिक्रिया दिनुहोस्