सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । शिक्षक महासंघले शैक्षिक हड्ताल स्थगित गरेको छ । सरकारसँग ९ बुँदे सहमति भएपछि शैक्षिक हड्ताल स्थगित गरिएको महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए ।
‘आम शैक्षिक हड्ताल स्थिगित भएको छ । नियमित कक्षा सञ्चालन गराउन अनुरोध छ,’ उनले भने । परीक्षा र भर्ना अभियानमा संलग्न हुन उनले शिक्षक कर्मचारीलाई आग्रह गरे ।
ऐन जारी नभए अहिलेको भन्दा कडा आन्दोलन गर्ने चेतावनी उनले दिए । २० चैतदेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन थालेको थियो ।