छेडागाड नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

मंगलबार, वैशाख १६, २०८२

जाजरकोट । छेडागाड नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकामा मंगलबार आ व २०८१।०८२ को हालसम्म नगरपालिका तथा मताहतका निकायहरुबाट प्रदान हुने बस्तु तथा सेवाको गुणस्तर बृद्धिको लागि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । 

जिल्ला असलशासन क्लव जाजरकोटका प्रतिनिधि बासुदेब शर्माले सहजीकरण गरेकोे उक्त कार्यक्रममा प्रमुख जवाफदेही वक्ताको रुपमा नगर प्रमुख रत्न बहादुर खड्का जवाफदेही वक्ताहरु नगर उप प्रमुख चन्द्र बहादुर थापा तथा प्रमुख प्रशासकीय अधिकृत हेम कुमार ढकाल लगायत वडा अध्यक्षहरु शाखा प्रमुखहरु रहेका थिए । उक्त कार्यक्रममा परिवेक्षकको रुपमा जिल्ला समन्वय समिति जाजरकोटका सदस्य खडग बहादुर बुढा, स्थानीय राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, संञ्चारकर्मी नागरिक समाज तथा स्थानीयहरु सहभागी भएको नगरपालिकाका सूचना अधिकारी देब बहादुर बुढाले जानकारी दिए । 

खासगरी कृषि, पशु, शिक्षा, स्वास्थ्य, योजना लगायतका शाखा तथा मताहतका संस्था तथा सेवा केन्द्रहरुबाट प्रदान हुने बस्तु तथा सेवाहरुको गुणस्तर कसरी बृद्धि गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरुको जिज्ञासा रहेको थियो । कार्यक्रममा जवाफदेही वक्ताको हिसावले प्रमुख प्रशासकीय अधिकृत हेम कुमार ढकालले विगतका कमी कमजोरीलाई सुधार्न आम नागरिकले रचनात्मक सुझाव दिनुपर्ने बताए । नगरपालिकाबाट प्रदान हुने सेवाहरुमा विगत भन्दा केही सुधार भए पनि प्रयाप्त भने नभएको उनको भनाइ थियो । 

आफ्नो ५ बर्षे कार्यकालमा नागरिकहरुलाई विश्वास लाग्ने खालको काम गर्न खोजे पनि भौगौलिक विकटता र सिमित श्रोत साधनले विकासको गतिलाई सागुरो बनाएको नगर उप प्रमुख चन्द्र बहादुर थापाले बताए । कार्यक्रममा परिवेक्षकको रुपमा सहभागी जिल्ला समन्वय समितिको सदस्य खडक बहादुर बुढाले विकास र समृद्धिका हिसाबले छेडागाड नगरपालिकाले ठोस नीति, योजना तथा कार्यक्रम ल्याउनु पर्ने बताए । 

प्रमुख जवाफदेही वक्ता हिसावले जिज्ञासाको जवाफ दिदै नगर प्रमुख रत्न बहादुर खड्काले भौतिक पूर्वाधारको अभाव, इन्टरनेट तथा अनियमित विद्युत सेवाका कारण सेवा प्रवाहमा केही असहजता भएता पनि आव २०८२।०८३ सालमा त्यसको अन्त्य हुने विश्वास व्यक्त गरे । बस्तु तथा गुणस्तरमा समेत बृद्धि हुदै गइरहेको नगर प्रमुख खड्काको भनाई छ ।xeda2-1745939574.png
 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  २०:५८
प्रतिक्रिया दिनुहोस्