सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोट । छेडागाड नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना भएको छ । नगरपालिका र नेपाल रेडक्रस द्वारा संञ्चालित आँखा अस्पताल सुर्खेतको सहकार्यमा वडा नं ५ फुर्किचौरमा सोमबार आँखा उपचार केन्द्र स्थापना भएको हो ।
आँखा अस्पताल सुर्खेतको प्राविधिक सहयोग तथा छेडागाड नगरपालिकाको आर्थिक सहयोगमा उक्त उपचार केन्द्र एक कार्यक्रमका बीच नगर प्रमुख रत्न बहादुर खड्काले उदघाटन गरेको सूचना अधिकारी देब बहादुर बुढाले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य खडक बहादुर बुढा, नगर उप प्रमुख चन्द्र बहादुर थापा, नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य एंव सुर्खेत आँखा अस्पताल संञ्चालन समिति संयोजक रामलाल आर्चाय, जाजरकोट शाखाका सभापती हरि बहादुर बस्नेत, राजनितिक दलका प्रतिनिधी तथा वडा अध्यक्ष कार्यपालिका सदस्य, संञ्चारकर्मी लगायत नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
नियमित आखाँ जाचँ गरी आँखा स्वास्थ्यमा सुधार ल्याउनु, समयमै रोग पहिचान गर्नु, जनचेतना अभिबृद्धि गर्नु, चश्मा तथा लेन्स सम्बन्धी सेवा उपलब्ध गराउनु उपचार केन्द्रका प्राथमिक उद्देश्य रहेको नगर प्रमुख खड्काले बताए । कार्यक्रममा बोल्ने सबै जसो बक्ताहरुले आँखा उपचार केन्द्रबाट प्रवाह हुने सेवाहरुलाई भरपर्दो र विश्वसनीय बनाउन दक्ष जनशक्ति र उपकरणहरुको बन्दोबस्त गर्दै छिट्टै तह बृद्धिका लागि सबैले हातेमालो गर्न जोड दिइएको सुचना अधिकारी बुढाले बताए ।
उक्त आखाँ उपचार केन्द्र स्थापना संगै नगरपालिकाको सबै वडाहरुबाट शिविर मार्फत स्क्यानिङ भएका १५० जना आमाबुवाको मोतिविन्दु शल्यक्रिया शिविर समेत शुरु भएको छ । नेत्र विशेक्षज्ञ डा मञ्चु पन्तको टिमले शल्यक्रिया गरेको छ भने बाँकीको मंगलबार शल्यक्रिया हुनेछ ।
यसरी शल्यक्रिया भएको आमाबुवाहरु १ महिना पछि सुर्खेत गएर फ्लोअप गर्नु पर्ने विगतको बाध्यता यस पटक भने यसै उपचार केन्द्रबाट हुने सुर्खेत आँखा अस्पताल संञ्चालन समितिका संयोजक रामलाल आर्चायले बताए ।