सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारको काम गर्ने शैलीमाथि प्रश्न उठाएका छन्। मंगलबार काठमाडौँमा आयोजित यातायात व्यवसायीको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा सरकारका कमीकमजोरी र काम गर्ने शैली सच्चाउनुपर्ने बताएका हुन्।
‘सरकारका कमीकमजोरी सच्याउनुछ, काम गर्ने कुरामा कहीँ तलमाथि भएको छ भने त्यो शैलीलाई बदल्नुछ,' उनले भने, 'कमजोरी सच्याउने भनेको कांग्रेस र एमालेका बीचमा भएको सहमतिको आधारमा हामी जहाँ जानका लागि जे उद्देश्य प्राप्तिका लागि सहमति गरेका छौँ त्यही हो।’ पार्टीले उच्चस्तरीय राजनीतिक संयन्त्र र सभापति शेरबहादुर देउवाको माध्यमबाट नागरिकमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई सुझाव दिइरहेको खड्काको दाबी छ।
सरकार सञ्चालन र भइरहेका गतिविधिमा असन्तुष्टि देखिएपछि सन्तुष्टिमा लैजान रणनीति बनाएर काम गर्नुपर्ने खड्काको भनाइ छ। 'यो पाटोमा पनि बैठक बसेर पार्टीमा छिट्टै गम्भीर छलफल हुँदैछ,' उनले भने, ' सभापति फर्किसकेपछि हामी अर्को तरिकाले अघि बढ्नेछौँ।' सभापति देउवा उपचारका लागि थाइल्यान्ड गएका छन्।