सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरू सिंहदरबारबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । समातिनेमा ज्ञानबहादुर शाहीसमेत छन् । प्रहरीले भ्यानमा हाल्दै गर्दै उनले 'भ्रष्ट सरकार मूर्दावाद' को नारा लगाए ।
यसअघि शाहीले आफूहरुलाई संसदीय दलको कार्यालयमै बन्धक बनाइएको बताएका थिए । बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने तयारीबारे छलफल गर्न जुटेका उनीहरुले सिंहदरबारमै नाराबाजी गर्ने योजना बनाएको थाहा पाएपछि कार्यालय बाहिर प्रहरी तैनाथ गरिएको थियो ।