दुर्गा प्रसाईंलाई चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याइँदै

शुक्रबार, चैत २९, २०८१

काठमाडौं । दुर्गा प्रसाईंलाई झापाबाट साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याइने भएको छ । प्रहरी स्रोतका अनुसार प्रसाईंलाई साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत चन्द्रगढी विमानस्थलबाट उनलाई काठमाडौं ल्याउन लागिएको हो ।

प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । भारतको आसाम राज्यमा प्रसाईं बिहीबार फेला परेका थिए । 

१५ चैतमा तीनकुनेमा भएको राजावादी आन्दोलनका उनी मुख्य कमाण्डर हुन् । उनकै नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो ।  प्रसाईं भने फरार हुँदै भारत पुगेका थिए ।490358427_986737593588764_5007455970046163272_n-1744349442.jpg

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्