jumla 7 jumla 7
jumla 7 jumla 7

प्रतिनिधिसभाको हिउँदे अधिवेशन सकियो

मंगलबार, चैत १९, २०८१

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकले राप्रपाका सांसद दीपक बोहराको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेसँगै चालु अधिवेशन अन्त्य भएको हो।

naumule

०७० मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही-३ बाट निर्वाचित सांसद बोहोराको मंगलबार निधन भएको थियो। 

त्यस्तै संघीय संसद्‌को दुवै सदनको अधिवेशन आज रातिदेखि १२ बजेदेखि अन्त्य हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।  

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्