jumla 7 jumla 7
jumla 7 jumla 7

स्थानीय तह उपनिर्वाचनः आजदेखि दल दर्ता खुला

असोज १० देखि १६ सम्मको समय
बिहीबार, असोज १०, २०८१

असोज १०, काठमाडौँ l निर्वाचन आयोगले मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरेको छ। आयोगले जारी गरेको सूचना अनुसार उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले असोज १० (आज) देखि असोज १६ गतेसम्म दल दर्ता गर्न सक्नेछन् l

naumule

२०८१ मंसिर १६ गते हुने स्थानीय तह सदस्य उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र निवेदन दिन भनेको हो।  

दलहरूले निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा कान्तिपथस्थित आयोगको कार्यालयमा निवेदन दिनसक्ने उपन्यायाधिवक्ता केदार कुमार अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ। 

स्थानीय तहमा रिक्त भएका पदमा नयाँ जनप्रतिनिधि ल्याउन सरकारले आउँदो मंसिर १६ गते उपनिर्वाचन गर्दैछ। 

जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी स्थानीय तहका ४० पदमा उपनिर्वाचन हुन लागेको हो। press_release_2081-06-09_C0JItN4Q8P-1727322865.jpeg

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०९:३७
प्रतिक्रिया दिनुहोस्