सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रधानमन्त्री बालेन शाहले उद्घाटन गर्ने भएका छन् । मङ्सिर १६ गते बिहान १० बजे प्रधानमन्त्री शाहबाट सो प्रतियोगिताको उद्घाटन हुने भएको हो ।
शनिबार राष्ट्रिय खेलकुद परिषद्ले पत्रकार सम्मेलन आयोजना गरी सो कुराको जानकारी दिएको हो। उद्घाटनको भव्य तयारी गरिएको समेत परिषदले जानकारी दिएको छ ।
मंसिर १६–२७ गतेसम्म प्रतियोगिता हुने भनिए पनि खेलहरू भने मंसिर ८ गतेबाटै सुरु भइसकेका छन्। हाल ९ वटा खेल जारी छन् भने पौडी सम्पन्न भइसकेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, कानुनमन्त्री सोबिता गौतम र प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहाल आज वीरेन्द्रनगर आएका छन् ।