सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत मात्र पर्याप्त नहुने बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधान संशोधनको कानुनी र संवैधानिक प्रक्रियाका जटिलतातर्फ ध्यानाकर्षण गराए। लामिछानेले कतिपय राजनीतिक दलहरूले संविधान संशोधनका लागि आवश्यक संख्या पु¥याउन सरकारलाई सहयोग गर्ने भनी दिएको अभिव्यक्तिको स्वागत गरे।
तर संशोधनका लागि प्रतिनिधि सभाको दुई–तिहाइ सङ्ख्या मात्र अन्तिम आधार नभएको भन्दै उनले यसका अन्य प्रक्रियागत पक्षहरूलाई पनि उत्तिकै ध्यान दिनुपर्ने बताए। सरकारलाई सहयोग गर्ने भावना र तत्परता देखाउने दलहरूप्रति आभार व्यक्त गर्दै उनले संविधान र कानुनको पूर्ण पालना गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
‘संविधान संशोधनका लागि प्रतिनिधि सभामा मात्र दुई तिहाइ संख्या पुग्नु पर्याप्त हुँदैन,’ लामिछानेले भने, ‘संविधान र कानुनी व्यवस्थाअनुसार आवश्यक सबै प्रक्रिया र पक्षलाई ध्यान दिनुपर्छ।’
सभापति लामिछानेले संविधान संशोधन जस्तो संवेदनशील विषयमा भावनाभन्दा पनि कानुनी र संवैधानिक प्रक्रियालाई प्राथमिकतामा राख्नुपर्ने बताए। ‘संविधान संशोधनजस्तो संवेदनशील विषयमा कानुन र संविधानका सबै प्रावधानलाई ध्यानमा राख्दै अघि बढ्नुपर्छ,’ उनले भने।