सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक बोलाएका छन्। सभापति लामिछानेले भदौ ५ गते केन्द्रीय समिति बैठक बोलाएका हुन्। सभापति लामिछानेले केही पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन गरेर बैठकमा पेश गर्ने एक नेताले जानकारी दिए।
‘केन्द्रीय समिति बैठकमा केही पदाधिकारी, सचिवालय सदस्य र केही केन्द्रीय सदस्य मनोनीत गरेर निर्णय हुनसक्छ,’ ती नेतालेभ ने। बैठक बस्नेबारे केन्द्रीय सदस्यहरूलाई सूचना पठाइएको छ। यो रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक हो।
यअसघि साउन १३ मा केन्द्रीय समिति बैठक बसेको थियो। पहिलो बैठकमा सभापति लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहलाई वरिष्ठ नेता बनाउने प्रस्ताव राखेका थिए। त्यसलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको थियो।
अब रास्वपामा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनीत गर्न बाकी छ। यस्तै २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य पनि मनोनीत गर्न बाकी छ।
साउन १३ गतेको बैठकले पदाधिकारीबाट पाँच जनालाई सचिवालय सदस्य बनाउने निर्णय गरेको छ। नेपालखबर