कांग्रेसको १५औँ महाधिवेशन देउवाकै अध्यक्षतामा : निधि

शनिबार, साउन ३०, २०८३

नेपाली कांग्रेसको संस्थापन इतर समूहको जारी राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन तथा प्रस्ताव समितिका संयोजक विमलेन्द्र निधिले आज (शनिबार) प्रतिवेदन प्रस्तुत गरेका छन्। 

काठमाडौँमा जारी भेलामा निधिले राजनीतिक प्रतिवेदन तथा प्रस्ताव प्रस्तुत गर्दै शेरबहादुर देउवाकै अध्यक्षतामा १५औँ महाधिवेशन आयोजना गरिने घोषणा गरेका छन्।

राजनीतिक प्रतिवेदनमा १५औं महाधिवेशनको तयारी शीर्षकमा उनले लेखेका छन्, ‘१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णयले १५औँ महाधिवेशनको आयोजना गर्नेछौं भन्ने हामी दृढ प्रतिवद्धता व्यक्त गर्दछौँ। यसका लीग देशभित्रका र विदेशस्थित जनसर्म्पक समितिका सवै साथीहरुलाई सक्रिय रूपमा सजग र तयार रहन आग्रह गर्दछौँ। पार्टी सभापति शेरबहादुर देउवाकै अध्यक्षतामा १५औँ महाधिवेशन सम्पन्न हुनेछ र तदनुसार निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण हुनेछ भनी सबैलाई विश्वास दिलाउन चाह
न्छौँ।’

 

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  १२:१८
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार