jumla 7 jumla 7
jumla 7 jumla 7

दीपक मनाङे मन्त्री

सोमबार, चैत ५, २०८०

चैत ५, काठमाडौँ  ।  एकीकृत समाजवादी पार्टी त्यागेको भोलिपल्टै गण्डकी प्रदेशको मन्त्रीमा नियुक्त दीपक मनाङे उर्फ राजीव गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन्।

naumule

समाजवादी त्यागेको भन्दै स्वतन्त्र सांसदको हैसियतमा फर्काइदिन संसद् सचिवालयमा निवेदन दिएको भोलिपल्टै मनाङे गण्डकीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका हुन्। 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई सोमबार मन्त्रीमा नियुक्त गरेका थिए। त्यसपछि उनलाई गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ दिलाए।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्