सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सद्भाव कायम राख्न अपिल गरेका छन्। आज (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गर्दै संयमता अपनाउँदै आपसी एकता भाइचारा कायम राख्न अनुरोध गरेका हुन्।
उनले नेपाली र मैथिली भाषामा सम्बोधन गरेका थिए। प्रधानमन्त्री बालेनले ४ मिनेट २८ सेकेन्ड सम्बोधन गरेका थिए।
‘हाम्रो इतिहास साक्षी छ, कठिनभन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनेका छन्,’ बालेनले भने, ‘हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकासमा मडारिएको अशान्तिको बादल हटाउनु पर्नेछ।’
यस्तै उनले घटनाको निष्पक्ष छानबिन गर्ने र दोषीमाथि कडा कारबाही गर्ने पनि प्रतिबद्धता जनाएका छन्।