गृहमन्त्री गुरुङ पुगे रसुवागढी नाकामा

आइतबार, साउन १०, २०८३

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ नेपाल–चीन सीमा नाका रसुवागढी पुगेका छन् । आइतबार बिहान उनी रसुवागढी पुगेका हुन् ।

नाकामार्फत हुनसक्ने तस्करी र भन्सार छलीबारे छड्के जाँच गर्न मन्त्री गुरुङ शनिवार काठमाडौँबाट रसुवातर्फ लागेका थिए ।

मन्त्री गुरुङ आज स्याफ्रुवेशी हुँदै रसुवागढी नाकामा पुगेको रसुवामा कार्यरत एक जना प्रहरी अधिकृतले बताए । उनी बा.२ झ ४४६ नम्बरको गाडीमा रसुवा पुगेका हुन् ।

 

प्रकाशित मिति: आइतबार, साउन १०, २०८३  १४:३१
प्रतिक्रिया दिनुहोस्