सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। बिहीबार विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका ११ जना सांसद, राजकुमार शर्मा र कांग्रेसका ५ जना सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
नेपालको संविधानको धारा १८८ को उपधारा ४ र ५ बमोजिम यो प्रस्ताव दर्ता गरिएको हो । बुधबार सत्तारुढ दल नेपाली कांग्रेसले सरकार छाडेको थियो ।
सरकारमा सहभागी ४ नजा मन्त्रीले राजीनामा दिए पनि समर्थन भने फिर्ता लिएको थिएन । तर बिहीबार कांग्रेसका केही सांसद प्रतिपक्ष दलसँग मिलेर मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका हुन् ।