७ दिनभित्र उपस्थित हुन देउवाका छोरा जयवीरलाई सम्पत्ति शुद्धीकरणको पत्र

मंगलबार, असार २३, २०८३

काठमाडौं । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर  देउवाका छोरा जयवीर देउवालाई एक साताभित्र बयानका लागि उपस्थित हुन पत्र काटेको छ ।

विभागले सोमबार बुढानीलकण्ठस्थित देउवाको भग्नावशेषमा पुगेर बयानका लागि आउनू भनी पत्र टाँस गरेको हो । पत्रमा जयवीरमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेकोले बोलाएको उल्लेख गरिएको छ ।

विभागले यसअघि नै शेरबहादुर देउवा र आरजु राणा देउवामाथि अनुसन्धान गर्न पुर्जी काटिसकेको थियो । जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धफीकरण विभागलगायतका निकायमा उजुरी परेको छ ।

त्यसकै अनुसन्धानका लागि उनका नाममा बयानका लागि पुर्जी काटिएको स्रोतको भनाइ छ ।Jaya-notice-1783393353.jpg

प्रकाशित मिति: मंगलबार, असार २३, २०८३  ०८:५१
प्रतिक्रिया दिनुहोस्