सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोट l कुशे गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ६२ करोड १२ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ ।
गाउँपालिकाको २० औँ गाउँसभामा उपाध्यक्ष देविका कुमारी सिंहले बुधबार बजेट प्रस्तुत गरेकी हुन। साथै गाउँसभामा अध्यक्ष हरिचन्द्र बस्नेतले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, पर्यटन तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ। स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै दिगो विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ बजेट विनियोजन गरिएको बताइएको छ।
गाउँपालिकाले कृषि उत्पादन वृद्धि, युवा स्वरोजगार, महिला सशक्तीकरण, सामाजिक सुरक्षा तथा आधारभूत सेवाको पहुँच विस्तारका कार्यक्रमलाई समेत बजेटमा समेटेको छ। साथै सडक, पुल, भवन तथा अन्य विकास निर्माणका योजनालाई निरन्तरता दिने नीति लिइएको छ।
गाउँसभामा प्रस्तुत बजेटले आगामी आर्थिक वर्षमा स्थानीय विकास निर्माणका गतिविधिलाई थप गति दिने अपेक्षा गरिएको छ। जनप्रतिनिधिहरूले बजेट कार्यान्वयन मार्फत नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।