सरकार प्रतिशोध र गैरकानुनी कामतर्फ अग्रसर :केपी ओली

मंगलबार, असार ९, २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार प्रतिशोध र गैरकानुनी कामतर्फ अग्रसर भएको बताएका छन् ।

च्यासलमा बसेको संसदीय दलको बैठकमा ओलीले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी प्रतिशोध भएको बताएका हुन् । ‘त्यसरी यातना दिएर पक्राउ गरियो । यो प्रतिशोध हो, गैरकानूनी हो,’ ओलीले भने ।

प्रतिशोध साँध्न पक्राउ गरिएका पौडेललाई रिहाइ गर्न माग गरेको छ । अध्यक्ष ओलीले पौडेललाई गिरफ्तारी गर्ने मात्र नभएर अरू काम पनि गैरकानुनी ढंगले गरिरहेका बताएका छन् ।

‘सरकार जसरी प्रस्तुत भइरहेको छ । हामी सडक र सदनबाट सशक्त भएर जवाफ दिन जरुरी छ,’ ओलीले भनेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  १९:०४
प्रतिक्रिया दिनुहोस्