नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ

सोमबार, असार ८, २०८३

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्ज लगिएको छ । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको टोलीले आज सुर्खेतबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका उनलाई केही समय जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको थियो ।  पौडेल सुर्खेतमा एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यक्रममा सहभागी भइरहँदा पक्राउ परेका हुन ।

उनलाई पक्राउ गर्न भनी सम्पत्ति शुद्धीकरण विभागले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएको थियो । सोही आधारमा सुर्खेत प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  १८:५४
प्रतिक्रिया दिनुहोस्