रास्वपा महाधिवेशन आजदेखि

आइतबार, असार ७, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आज (असार ७ मा) चितवनमा सुरु हुँदै छ। भरतपुरको गेस्टहाउस चौरमा आयोजित महाधिवेशनको उद्घाटन पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम छ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ।

महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत काम सकिएको छ। 'रास्वपाले १८ उपसमिति बनाएर अधिवेशनको कामलाई बाँडफाँट गरेको थियो।

प्रकाशित मिति: आइतबार, असार ७, २०८३  ०९:२५
प्रतिक्रिया दिनुहोस्