र्टीभित्रकै केही नेता राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा तुहाउन लागेको राप्रपा अध्यक्ष लिङ्देनको आरोप

शुक्रबार, असार ५, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्रकै केही नेता राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा तुहाउन लागेको आरोप लगाएका छन् । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको राप्रपाको केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् ।

‘कठिनतम् दिनमा राजसंस्थाको पक्षमा उभियौं, हिन्दु राष्ट्रको पक्षमा उभियौं, भ्रष्टाचारका विरुद्ध उभियौं । हाम्रो निष्ठामा प्रश्न उठाउने ?,’ लिङ्देनले प्रश्न गर्दै भने, ‘हो, हामी ती हाम्रा केही साथीभन्दा के कुरामा फरक छौं भने हामीले राजसंस्थाबारे उठाएको कुरा हाम्रो कुनै स्वार्थसँग गाँसिएको छैन ।’

आफूले खोजेको संस्था संवैधानिक रहेको उनले बताए । उनले अगाडि भने, ‘हामीले खोजेको राजा शासन गर्ने राजा होइन, अभिभावकीय संस्था हो । त्यसकारण उहाँले खोज्नुभएको सक्रिय राजा र शासन गर्ने राजाको मुद्दा फरक हुनसक्छ ।’

राप्रपा न हिजो, न आज र न भविष्यमा आफ्नो सिद्धान्तबाट विचलित नहुने र अझ सशक्त ढंगले अघि बढ्ने उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  १५:३८
प्रतिक्रिया दिनुहोस्